३१ साउन

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेकाे थुनछेक बहस सकिएकाे छ ।

चितवन जिल्ला अदालतमा सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्ताेता तथा पत्रकार लामिछानेसँगै उनीसँगै कार्यरत युवराज कँडेल र अर्की नर्स अस्मिता कार्कीलाइ अाज चितवन जिल्ला अदालतमा उपस्थित गराइएकाे थियाे ।

चितवन जिल्ला अदालतले उनीहरु तिनै जनालाइ पाँच दिनको म्याद थपे गरेको छ । रवि सहित ३ जनाकाे तर्फबाट वरिष्ठ अधिवक्ता सुनिल पोख्रेलसहित दुई स्थानीय वकिलले बहस गरेका थिए । त्यसैगरी वादीका तर्फबाट सरकारी वकिलले बहस गरेका थिए । सरकारी वकिलले १० दिनको म्याद थप्न माग गरे पनि अदालतले पाँच दिनको म्याद थपेर अनुसन्धान गर्ने निर्णय गरेको थियो । कानुनी प्रावधानअनुसार बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ ।

माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनीको आत्महत्या गर्न दुरुत्साहन गरिएको अभियोगमा प्रहरीले तीन जनालाई काठमाडौँबाट पक्राउ गरी चितवन अदालतमा हाजिर गराएको थियो ।
नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर ३ निवासी पुडासैनीको साउन २० गते राति नारायणगढस्थित पोखरा बसपार्कको होटल कङ्गारूमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो ।