३१ साउन
पर्वत । पर्वतको महाशिला गाउँपालिका ४ पाखापानीमा करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ । शुक्रबार विहान १० बजेको समयमा विद्युत पोल गाड्ने क्रममा करेण्ट प्रवाह हुँदा सोही स्थानका २७ बर्षिय केशबहादुर क्षेत्री र ३० बर्षिय सुरेन्द्र बहादुर क्षेत्रीको घटना स्थलमा नै मृत्यु भएको हो भने स्थानीय युवा भरत क्षेत्री घाइते भएका छन् । घाइते क्षेत्रीलाई लुंखु प्राथमिक केन्द्रमा उपचार भईरहेको छ ।

महाशिला गाउँपालिका ४ पाखापानीमा काठको पोल विस्थापित गरी फलामे पोल गाड्ने क्रममा उनीहरुलाई करेण्ट लागेको हो । घटना स्थलमा लुंखु प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पर्वत वाट प्रहरीको टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए ।