३० साउन
सचिन्द्र श्रेष्ठ,बागलुङमा जन्मेर यूरोपियन मुलुक बेल्जियमलाई कर्मथलो बनाउदै आएका सन्देश राज भण्डारीको पहिलो म्यूजिक भिडियो ुतालु९हजार रमाए यहाँ सार्बजनिक भएको छ ।
चर्चित गायिका मेलिना राईको स्वरमा रहेको उक्त गीतलाई गैरे सुरेशले संगीत दिएका छन।
दिनेश पोखरेलको शब्दमा उज्जवल के सी को आफ्नै निर्देशन तथा भिडियोग्राफी रहेको उक्त तालु गीतको म्यूजिक भिडियोमा राजभण्डारीको अलावा दिया पोखरेल र अदीना के सी को रोमांटिक केमेस्ट्री देख्न सकिन्छ।
यूरोपको रमणीय सहरमा छायांकन गरिएको भिडियोलाई यू आर क्रिएशनको प्रस्तुतिमा ओ यस आर डिजिटलले बजारमा आफ्नै यूट्यूब च्यानल मार्फ़त ल्याएको हो।