२८ साउन
पर्वत । नेपाल विद्यार्थी संघ गुप्तेश्रर क्याम्पस ईकाई समितिले आज लोकतन्त्र चोकमा संविधान पिता स्वार्गीय शूशिल कोईरालाको ८० औं जन्म दिवश दिप प्रज्वलन गरि मनाएको छ । उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभाका सदस्य अर्जुन प्रसाद जोशीले स्वर्गिय शूशिल कोईराला सागदी समाजवादी नेता भएको स्मरण गर्नु भयो । उहांको अदम्य साहस र निडर व्यत्तित्वका कारण आज नेपालको संविधान जारी भएकाले  मूलूक भयाभह द्धन्द वाट जोगिएको वताउदै देश भित्रका राजनैतिक शक्तिले संविधान जारी गर्नका लागी प्रधानमन्त्री शर्त राख्ने र विदेशी शक्तिले राखेका विभिन्न सर्तहरुलाई निडरका साथ समाधान गर्दै नेपालको संविधान जारी गर्ने एउटा यूग पूरुषको रुपमा नेपाली जनताले सधै स्मरण गर्ने वताउनू भयो ।


कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य कूल प्रसाद उपाध्याय,डा चूडामणी शर्मा,सरस्वती जिज्ञासू,देवी प्रसाद विलासी,शहिद परिवारका प्रतिनिधि देव शर्मा,लोकतान्त्रिक गैसस महासंघका अध्यक्ष गणेश वहादूर क्षेत्री,कर्मचारी यूनियन संघका गण्डकी प्रदेश संयोजक शिवशर्मा,डेमोक्याटिक लयर्स एशोसियसनका सचिव हरीनारायण रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको संचालन नेपाल विद्यार्थी संघ गूप्तेश्रर ईकाई समितिका अध्यक्ष शिशिर पौडेलको अध्यक्षता र संचालन सचिव सन्तोष पाठकले गरेका थिए ।