२७ साउन
पर्वत । पर्वतको जलजला गाउंपालिका वाट कूटपिटमा संलग्न ५ जना पक्राउ परेका छन् । जलजला गाउंपालिका वडा नं. ४ लामाखेतका पावल वि क लाई कूटपिट गरेको आरोपमा पक्राउ परेका हून । हिजो सांझ ९ वजेको समयमा जलजला ४ वस्ने पावल वि क लाई कबिन गर्बुजा, तेजेन जुग्जाली, राजु पुन, अमित फगामीले मादक पदार्थ सेवन गरी चिरपट दाउराले टाउकोमा प्रहार गरी घाईते बनाएका थिए ।
कूटपिट गर्ने ५ जनालाई प्रहरी चौकी वारीवेनीको प्रहरी टोलीले आज आफ्नै घरमा लूकेर बसेको अवस्थामा पक्राउ गरी पांचै जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतमा आवश्यक अनुसन्धानको लागि ल्याएको छ ।
कुटपिटबाट घाईते पावल बि।क।लाई जिल्ला अस्पताल म्याग्दीमा प्राथमिक उपचारपश्चात थप उपचारको लागी गण्डकी मेडिकल कलेज पोखरा पठाएको थियो । उनी थप उपचार पश्चात डिस्चार्ज भएका छन् ।
पक्राउ परेका ५ जनालाई जिल्ला प्रशासन कार्यालय पर्वतबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर अन्तर्गत दिन दश को म्याद थपि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।