२७ साउन
काठमाडौं – ललितपुरमा आँखा जचाउन क्लिनिक गएकी युवतीमाथि यौन दुर्व्यवहार गरेपछि डाक्टर पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले युवतीको उजुरीपछि ती डाक्टरलाई ललितपुरबाट पक्राउ गरेको हो ।
२२ गते पक्राउ परेका डाक्टरमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालिएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले बताए । पीडितको परिचय खुल्ने हुनाले डाक्टरको क्लिनिक र डाक्टरको नाम खुलाइएको छैन । प्रहरीले पीडित युवतीको स्वास्थ्य परीक्षण, उनको बयान तथा सबुत संकलन गर्ने काम भइरहेको बताएको छ ।









