२७ साउन
अजय मिश्रर कपिलवस्तु, कृष्नानगर कपिलवस्तु जिल्ला को सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्नानगर ले आर्थिक बर्ष ०७५र०७६ मा ७७ लाख ९३ हजार एक सय तिस रकम बराबर को भन्सार छलि गरि ल्याउदै गरेको समान भन्सार चलान गरेको छ।
अबैध सामान समात्न मा सशस्त्र प्रहरीका नायब निरिक्षक सुरेश न्यौपानेको विशेष योगदान रहेको छ । नेपाल भारत को सिमानामा कडा सुरक्षा दिदै आएका सशस्त्र प्रहरी बल कृष्नानगरले किराना सामानहरु, काठ, चामल सहित को ट्रक कुखुराको चल्ला, सुर्ती लगायत अन्य समान हरू गरि उक्त रकम बराबर समान भन्सार चलान गरिएको र कुखुराको चल्ला, लगायत अन्य समान हरु नष्ट गरिएको, लागु औषध नेपाल प्रहरी को जिम्मा लगाएको कुरा सशस्त्रप्रहरी बल कृष्नानगरका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशिल कुमार शाही ले जानकारी दिएका छन।

सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी ईलाकामा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनका साथै सिमा नाकामा आफ्नो फौज तैनाथ गरि अबैध समान रोक्न सफल रहेको कुरा स्थानीय को बुझाई रहेको छ।