Prime Minister KP Sharma Oli waves his hand to media before leaving to Beijing, China for the six days state visit at VVIP lounge, TIA in Kathmandu on Tuesday, June 19, 2018. Photo: Dipesh Shrestha/Nagarik/Republica

२७ साउन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश आइपुग्ने भएका छन् । स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री ओली परीक्षण सकाएर आज स्वदेश फर्कन लागेका हुन् ।

यसअघि आइतबार नै प्रधानमन्त्री फर्कने तय भए पनि रिपोर्ट आउन ढिला भएपछि सिंगापुरको बसाइ १ दिन लम्बिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्री ओली थाई एयरलाइन्सको विमानबाट अहिले अपराह्न १२ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने  जानकारी दिए ।

प्रधानमन्त्री ओली गत साउन १८ गते आफ्नो स्वास्थ्य परीक्षणका लागि पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्या शाहको साथमा सिंगापुर प्रस्थान गरेका थिए ।

प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार, प्रधानमन्त्री ओलीको स्वास्थ्य रिपोर्ट सन्तोषजनक देखिएको छ ।