२६ साउन
पर्वत । सनराईज बैँकको शाखा पर्वतको कुश्मामा आज देखि शुरु भएको छ । कुश्मामा ११९ औँ शाखाको रुपमा शुरु भएको हो । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी र सनराईज बैँकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नुभयो । सबै जिल्ला र स्थानीय तहमा बैँकको शाखा बिस्तार गर्ने अभियान अन्तर्गत कुश्मामा शाखा बिस्तार गरिएको उक्त अवसरमा अवगत गराइएको छ ।

कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले बैँकलाई कृषि क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो । आर्थिक विकास र समृद्धिका लागि कृषिमै लगानी गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो । पर्वतमा ठुला ठुला उद्योग, व्यवसाय नरहेको सन्दर्भमा कृषिमा लगानी गर्र्न जोशीले बैँकलाई आग्रह गर्नुभएको हो । निश्चीत अधिकार शाखा प्रवन्धकलाई हस्तान्तरण गर्न अनूरोध गर्दै नगरको समृद्दिका लागी सनराईज वैकले थप सहयोग गर्ने वताउनू भयो ।

बैँकका कार्यकारी अधिकृत सिईओ जनक शर्मा पौडेलले बैँकका सेवालाई प्रभावकारी बनाउने यहाँको संभावना हेरेर लगानी गर्ने बताउनुभयो । उहाँले बैँकले काउन्सिल सेवा, विपन्न व्याक्तिहरुलाई सहुलियत कर्जा, कृषि कर्जा, स्वास्थ्य विमा, दुर्घटना वीमा जस्ता आकर्षक सेवा दिँदै आएको बताउनुभयो ।

कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बैँकहरुका बिचमा स्वास्थ प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो । उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले व्यवसायी र बैँकका बिचमा नङ मासुको जस्तै सम्बन्ध भएकाले बैँकका हरेक कार्यमा व्यवसायीहरुको सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा बैँकका नायव महाप्रवन्धक अपक्षकुमार यादवले सनराईज बैँकले बित्तिय क्षेत्रमा गरेको महत्वपूर्ण कार्य र मौद्रिक नीतिका बारेमा अवगत गराउनुभयो । कुश्मा नगरपालिका ६ धनेश्वरचोकमा बैँकले सेवा शुरु गरेको छ ।