फाईल फोटो

२४ साउन

काठमाडौं। सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खसेको छ । शुक्रबार बिहान ना ६ ख ७४६९ नम्बरको बस धादिङको सलाङघाटबाट त्रिशुली नदीमा खसेको हो ।

दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना छ ७४६९ नंको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको भएको छ । दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन् । मृतक तीन जना र हराइरहेकाको पहिचान खुल्न सकेको छैन ।
प्रहरी र स्थानीय उद्दार कार्यमा जुटेको बताइएको छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।