२३ साउन
अजय मिश्र र कृष्नानगर कपिलवस्तु मुस्लिम धर्मवलम्बी हरुको महान चाड पर्व बकराईद , हिन्दू धर्मावलम्बी हरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा नजिकिदै गएको अवस्थामा कपिलवस्तुको कृष्णनगर मा शान्ति सुरक्षा सदभव कायम राख्न अन्तरकृया सम्पन्न भएको छ । आ आफ्नो चाडपर्व हासी खुशी मिली जुली मनाउने प्रति सुरक्षा निकाय र समाजसेवी बुद्धजीवि संग कृष्णनगर मा रहेको राष्ट्रीय मदरसा पुस्तकालय को सभा हलमा अन्तरकृया सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल।कृष्णनगर का उपरिक्षक सुशील शाही र ईलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरीक्षक प्रताप पौडेल उपस्थित हुनूभएको थियो । धेरै दिन देखि यो क्षेत्रमा सुरक्षा प्रति कडा निगरानी गर्दै आएका सशस्त्र प्रहरी बल का प्रहरी निरीक्षक जोगेन्द्र केशी लाई राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की र प्रवक्ता मौलाना जहीर अहमद बरेलवी ले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।
कृष्णनगर नगरपालिका को वडा नं।२ का अध्यक्ष संजय गुप्ता र वडा नं।३का वडाध्यक्ष सगीर अहमद खांले आ आफ्नो वडाहरुमा सदैव शान्ति सुरक्षा र आपसी सदभव कायम गर्ना गराउन को लागि निरन्तर प्रयास गरेको प्रति प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रम मा कृष्णनगरका भद्रभालदमी,शिक्षाप्रेमी,समाजसेवी,सुरक्षाक्रमी,पत्रकार लगायत लगभग ५०जना को उपस्थिती थियो
उपस्थित भएका सबै महानुभावहरु लाई संघ का राष्ट्रीय महासचिव मौनाला मसहूद खां नेपाली ले आफ्नो र संघ को तर्फ बाट स्वागत गरी उपस्थित भइ दिएको मा धन्यवाद दिदै कार्यक्रम सम्पन्न भएको थियो ।