२० साउन

पर्वत । पर्वत जिल्लामा स्थापितईनरव्हील क्लव अफ पर्वतको अध्यक्षमा जलन खत्री क्षेत्री सन २०१९/२० का लागी पदस्थापना हूनू भएको छ । हिजो एक कार्यक्रमका विच सन २०१९/०१९ का अध्यक्ष जमूना अधिकारीले पद हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा डेपूटी  डिस्ट्रक रिप्रीजेन्टीभ विजय लक्ष्मी श्रेष्ठले ईनरव्हील क्लव पर्वतले गरेका कामको प्रशंसा गर्नु भयो । महिलाहरुको शसक्तिकरणमा यस क्लवले अतूलनिय योगदान गरेको वताउनू भयो । त्यस्तै डिस्ट्रक चेयरमेन समिरा ध्वोजूले ईनरव्हील क्लव पर्वतले विगतमा पनि राम्रो काम गरेको र अव आउने टिमले पनि उल्ल्ेखनिय काम गर्नेमा विस्वास व्यक्त गर्नुभयो । डिस्ट्रक संग समन्वय गरेर विभिन्न सेवामूलक काम गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा रोटरी क्वल अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकास प्रसाई,रोटरी डिस्ट्रकका असिस्टेन्ट गभर्नर गोपी अधिकारी,वर्तमान अध्यक्ष लेखनाथ शर्मा,रोट्याक्टका संस्थापक अध्यक्ष मोहन आचार्य,ईनरव्हील क्लवका संस्थापक अध्यक्ष लक्ष्मी कूमारी मेधासी,गायत्री आमा समूहका अध्यक्ष सीता के सी लगायतले शूभकामना दिनू भएको थियो ।
कार्यक्रममा सफ उद्यमी नमकला शर्मालाई व्यवसायीक सम्मान गरिएको थियो । उक्त कार्यक्रम ईनरव्हील क्लवका सचिव गंगा शर्माले गर्नु भएको थियो भने स्वागत पूर्व अध्यक्ष चन्द्रकला लम्साल शर्माले गर्नु भएको थियो । उक्त अवसरमा गायत्री आमा समूहलाई कूर्चि,पंखा र भित्ते घडी हस्तान्तरण गरिएको थियो ।