१९ साउन
चितवन, पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ३ स्थित विद्युत् चोकमा जुवा खेल्ने ८ जनालाई रत्ननगर प्रहरीले शनिवार दिउँसो पक्राउ गरेको छ । जीतमान मोक्तानको घरमा जुवाखेल भइरहेको भन्ने विशेष सुराकीको आधारमा खटिएको प्रहरीको गस्ती टोलीले शनिवार दिउँसो साँढे २ बजे जुवाखालबाटै उनीहरुलार्इ नगद ४४ हजार ३ सय ७० रुपैयाँ र ३ बुकसहित रंगेहात नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकाहरूलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष आचार्यले जानकारी दिए । पछिल्लो पटक चितवन प्रहरी जुवातास विरुद्ध निक्कै आक्रामक बन्दै गएको छ । प्रहरीको यो अप्रेसनकै बाबजुद दैनिकजसो जुवाडेहरू प्रहरी नियन्त्रणमा आइरहेका छन् ।









