१९ साउन
तनहुँ, तनहुँको बन्दीपुर गाउँपालिका ५ ढाँपमा आइतबार बिहान बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

चितवनको नारायणगढबाट बाग्लुङ जाँदै गरेको बा ४ ख ५९८८ नम्बरको बस अनियन्त्रित हुदाँ दुर्घटनामा भएको प्रहरीले जनाएको छ । बसमा ३३ जना यात्रु  सवार थिए ।

एक जनालाई थप उपचारका लागि पोखरा पठाइएको र अन्य १८ जना घाइतेको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भैरहेको प्रहरीले बताएको छ । चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको छ ।