१८ साउन
काठमाडौं। सुन्दर यातायातले भदौको पहिलो हप्ता भित्र विद्युतीय सार्वजनिक यातायात शुरु गर्ने भएको छ । १७ साउनमा रिपोर्टर्स क्लब नेपालमा वेवसाइट विमोचनगर्दै यातायातले काठमाडौं उपत्यका भित्र विद्युतीय यातायात संचालनमा ल्याउन लागेको जानकारी दिएको हो ।
सुन्दर यातायातकाअध्यक्ष भेषबहादुर थापाले शुरुमा काठमाडौं उपत्यकाको रिङरोडमा विद्युतीय बस संचालन गरी देशभर विस्तार गर्ने योजना सुनाए । उनले भने,‘भदौंको पहिलो हप्ता भित्रविद्युतीय बस संचालनमा ल्याउँदैछौं ।’ बसकालागि चार स्थानमा विद्युत चार्ज गर्ने स्टेशन समेत राखिने बताए । विद्युतीय बसको भाडा अनलाइन बाटै तिर्न सकिने जानकारी दिए । अग्रिम रकम तिरेर कार्ड लिई बस चढ्न सकिने बताए ।
यातायात संचालनमा निके अवरोध खडा भएको सुनाए । बाधाअवरोध फुकाउन प्रधानमन्त्री केपीशर्मा ओलीले विशेष निर्देशन दिएको बताए । अवरोधका बाबजुदकाम शुरु गर्न लागेकोमा सबैको सहयोगका आशाव्यक्त गरे ।
कार्यक्रममा सुन्दर यातायात प्रा.लि.को वेवसाइट समेत विमोचन गरियो । काठमाडौ महानगरपालिका प्रमुख प्रशासकियअधिकृत केदार न्यौपानेले दीपप्रज्वलन गरी वेभ साइटको विमोचनगरेका थिए ।उनले यातायात संचालनपूर्व निकै अवरोधहरु पन्छाउनुपरेको सुनाए । अवरोधका बाबजुदयातायात संचालनमा आउन लागेकोमा सफलताको कमना गरे ।
यातायात व्यवस्था विभागका निर्देशक प्रेम कुमार सिहले विद्युतीय सेवा सर्वशुलभ र सस्तो हुने भएकाले यसलाई प्रोत्साहित गरिने बताए । विभागले यातायात क्षेत्रमा राम्रो कार्य गर्न लागेको भन्दै सुन्दर यातायातको प्रशंशा गरे ।
विद्युतीय सवारी साधन सम्बन्धीजानकार शैलेन्द्र बहादुर थापाले विद्युतीय यातायातको विशेषताबारे जानकारी दिए । देशको अर्थतन्त्रमा मात्र नभई वातावरणमा समेत यसले फाइदापुग्ने जानकारी दिए ।
कार्यक्रममा सुन्दर यातायातका संचालक सुरेश पोखरेलले आगामी योजना बताएका थिए । संचालक मनिता जीसीले प्रधानमन्त्री केपीशर्मा ओलीको सुन्दर यातायातले विद्युतीय बस सेवा संचालन गर्न लागेकोमा दिएको शुभकामना पढेर सुनाएकीथिइन् ।
कार्यक्रममा कान्तिपुर एफएमका निर्देशक दिनेश डि.सी.ले सुन्दर यातायातप्रा.लि को कदम सेवामूलक र भरपर्दो हुने विश्वास व्यक्त गरे । काठमाडौ महानगरपालिका नगर प्रहरी महाशाखाका प्रमुख धनपति सापकोटााले शुभकामना मन्तव्य राखेका थिए ।
Home Flash News सुन्दर यातायातले वेवसाइट विमोचनगर्दै भन्यो–भदौको पहिलो हप्ता उपत्यकामा सार्वजनिक विद्युतीय यातायात गुड्छ









