२८ असार
फाईल फोटो
पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका ४ का एक बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ। मिक्लाजुङ ४ खेसङखोपाका लोकबहादुर राईका १० वर्षीय छोरा दियान राईलाई खोलाले बगाएर बेपत्ता बनाएको हो।

बेपत्ता बालकको खोजी भइरहेको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए। बेपत्ता बालक रबिस्थित होलिचाइल्ड इङ्लिस स्कुलको कक्षा चारमा अध्यन गर्दै रहेको विद्यार्थी बताइएकाे छ ।

अबिरल वर्षातका कारण खोलामा बाढी आएपछि विद्यालय जाँदै गरेका दियाललाई खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीको भनाई छ। बालकको खोजी कार्यमा तीब्र बनाइएको प्रहरीले जनाएको छ।