२८ असार
बुटवल, लुम्बिनी मेडिकल कलेज प्रभासबाट शुक्रबार दिउँसो नवजात शिशु चाेर्ने महिलालाइ प्रहरीले शिशुसहित नियन्त्रणमा लिएकाे छ ।
तानसेन नगरपालिका–९ की २२ वर्षीया जमुना रानाको बच्चा चाेरेर फरार रहेकी महिला स्याङ्जा जिल्लाकाे मिर्मीमा भेटिएपछि नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएकाे छ ।
नियन्त्रणपछि बच्चा र चाेरी गर्ने महिला दुबैलाइ पाल्पातर्फ ल्याउँदै गरेको प्रहरीले जनाएकाे छ । नवजात शिशु चाेरीमा संलग्न महिलाकाे परिचय भने खुलाइएकाे छैन । उनीमाथि थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकाेटासहितकाे टाेली समेत महिला र बच्चा भेटिएकाे स्थलमा पुगेकाे छ । महिलाले चाेरेर लगेकाे बच्चाकाे अवस्था सामान्य रहेकाे बताइएकाे छ ।









