२७ असार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आयात गरिने तरकारी र फलफूलमा विषादी परीक्षणबारे भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई पनि झुक्याइएको भन्दै क्षमाया चन गरेका छन्। ‘संविधान कार्यान्वयन र प्रशासनिक पुर्नसंरचना’ विषयक कार्यशाला गोष्ठीलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले क्षमा मागेका हुन्।

विषादी प्रकरणमा आफू लज्जित हुनुपरेको प्रधानमन्त्रीले बताए। भारतबाट आएको पत्रको सम्बन्धमा आफूलाई पनि झुक्याएको उनले दाबी गरे। सुरुवातमा आफूलाई दूतावासबाट पत्र आएको छ भन्ने जानकारी नै नभएको बताए।