२६ असार

कर्णाली, हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाहीको शव भेटिएको छ । असार ३ गते जीप कर्णाली नदीमा खस्दा उनीसहित १० जना बेपत्ता भएका थिए । जीप दुर्घटनाको २२ दिनपछि गाउँपालिकाका उपाध्यक्ष शाहीको शव भेटिएको हो। उपाध्यक्ष शाहीको शव भेटिए पनि अन्य नौजना अझैं बेपत्ता छन्।

सर्केघाड गाउँपालिका–४ साँयाको नागरास्थित कर्णाली नदीको किनारमा आज फेला परेको शव गाउँपालिकाका उपाध्यक्ष शाहीकै भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामप्रसाद घर्ती मगरले पुष्टि गरेका छन् । जिल्ला प्रहरी कार्यालय, हुम्लाका डीएसपी रामप्रसाद घर्ती मगरका अनुसार उपाध्यक्षका श्रीमान धिरेन्द्रले शाहीको बायाँ हातको माझी औंलामा भएको औंठीबाट सनाखत गरेका हुन् ।

लामो समयसम्म पनि फेला नपरेपछि स्थानीयले यसअघि नै दुर्घटनामा बेपत्ता भएपछि कुशको शव बनाएर दाहसंस्कार गरिसकेका छन् । शवको पहिचान गरेपछि हेलिकप्टरबाट गएका उनका श्रीमान् धीरेन्द्र शाही, जिल्ला स्वास्थ्य कार्यालयका डा दुर्गा सुर्खाली, प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, प्रहरी प्रमुख रामप्रसाद घर्ती मगरको संयुक्त टोलीले कानूनी प्रक्रिया पु-याएर आफन्तलाई हस्तान्तरण गरेको छ ।