२५ असार

अछाम । अछामको मंगलसेन नगरपालिका–१ मा एक व्यक्तिले आफ्नो घरमा पाहुना आएका ठूलो बुवा र ससुराको हत्या गरेका छन् । कुन्तीबण्डालीको ढुंगानी निवासी लफे भनिने पिरमकुमार साउँदले सोही ठाउँमा बस्ने ठूलोबुवा देउसिंह थापा र ससुरा विरभान थापाको मंगलबार मध्यरातमा हत्या गरेका हुन् ।

साउदलाई प्रहरीले पक्राउ गरेको छ । हत्यापछि फरार रहेका साउदलाई मंगलसेन नगरपालिका–२ को खम्बबाट पक्राउ गरेको अछाम प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।