२३ असार
विराटनगर / एक महिलामाथि बलात्कार गरेर फरार रहेका मोरङको धनपालथान गाउँपालिका–४ कर्सीयास्थित नेपाल–बंगलादेश (एनएमबी) बैंक शाखा कार्यालयका मेनेजर अमित बास्तोला वलात्कारको आरोपमा पक्राउ परेका छन् ।

२०७५ साल चैत २२ गते कर्जा माग्न गएकी एक सेवाग्राहीलाई होटलमा लगेर बलात्कार गरेको आरोप लागेपछि फरार रहेका उनलाई प्रहरीले रंगेली–७ बाट पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–४ बाट कर्जा माग्न बैंकमा पुगेकी महिलालाई बास्तोलाले होटलमा लगेर बलात्कार गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

कर्जा दिने प्रलोभन देखाएर आफूमाथि बलात्कार गरेको भन्दै महिलाले किटानी जाहेरी दिएको प्रहरीको भनाइ छ । पीडित महिलाले कर्जा वापत चार लाख रुपैयाँ मागेको खुलेको छ । डीएसपी श्रेष्ठका अनुसार झापाको बुधबारे घर भएका बैंक मेनेजर बास्तोलालाई पक्राउ गरेर जवरज*स्ती करणी ऐन अन्तर्गतको मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।