२२ असार
मोरङको बुढींगंगा गाउँपालिका ४ मा आइतबार बिहान स्कुल बस दुर्घटना हुँदा दुई जना शिक्षिका घाइते भएका छन् ।
१ ख १९८२ नम्बरको बस गाउँपालिकाको भित्री खण्डमा पर्ने सडकमा खसेको थियो । घाइतेहरुको विराटनगर स्थित नोवेल मेडिकल टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
प्रत्यक्षदर्शीका अनुसार विद्यार्थी लिन नहरको डिलको साँधुरो सडकमा गुडिरहेको बस दुर्घटना भएर नहरमा पल्टिएको थियो । चालक ५२ वर्षीय बलराम खतिवडालाई नियन्त्रणमा लिइएको छ ।









