२२ अषाढ
देवानन्द न्यौपाने, लम्की कैलाली, कैलालीका अधिकासं स्थानिय पालिकाका कार्यालय तथा वडा कार्यालयमा तालाबन्दी गरिएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्लाका अधिकासं स्थानिय पालिकाका कार्यालय तथा वडा कार्यालयमा तालाबन्दी गरेको हो।
वर्तमान सरकारले राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचार बनाउने निर्णय गएको र त्यस्का विरुद्ध पार्टीले सुरु गरेको अभियान अन्तरगत तालाबन्दी गरिएको बिभिन्न वडा कार्यालयको तालाबन्दी संगै टासेको पर्चामा उल्लेख गरिएको छ। आफ्नो पार्टीलाई वर्तमान सरकारले लगाएको प्रतिवन्धका विरुद्ध पनि चरणवद्ध आन्दोलन जारी रहेको पर्चामा लेखिएको छ।
यसअघि गयराती कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यालयमै भेटिएका कर्मचारीलाई गेटमा तालालगाएर विप्लव समूहका कार्यकर्ताले थुनेका थिए। स्रोतका अनुसार नगरपालिकाका लेखापाल सरोज चौधरी र कार्यालय सहयोगी बगेन्द्र सुनार लेखा फाँटमा काम गरिरहेका थिए।
उता जानकी गाउपालिकाको कार्यालय लगायत सबै वडा कार्यालय लम्कीचुहा नगरपालिकाको वडा नम्बर ४ र ६ गौरीगंगा नगरपालिकाका सबै वडा कार्यालय र धनगढी उप–महानगरपालिका क्षेत्रका १४ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको विप्लव समूहका एक नेताले जानकारी दिनु भएको छ । तालाबन्दी गर्दै वडा कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोको पर्चा समेत राखिएको छ।
आफुहरुले लगायका ताला फोडेमा जनकारबाहि गर्न समेत बाध्य हुने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जानकी गाउँपालिकाका इञ्चार्ज भावुकले चेतावनी दिनु भएको छ ।
तर नेपाल कम्युनिष्ट पार्टीले जिल्लाका लम्कीचुहा, जानकी लगायतका बिभिन्न स्थाानिय पालिका तथा वडा कार्यालयमा राति गरेको तालाबन्दी प्रहरीको रोहबरमा खोलिको छ । जनताको काममा कुनै अबरोध हुन नदिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।









