२० असार

सामान्यतया हामीले आफूसँग भएको कुनैपनि कुरा बेच्दा ग्राहकलाई आकर्षण गर्नको लागि विभिन्न सुविधाहरु उपलब्ध गराउँछौँ । अझ आजभोली त एउटा किन्दा अर्को सित्तैमा भन्ने नियम नै लागू भएको छ । तर अहिले सामाजिक सञ्जालमा यस्तो समाचार भाइरल भएको छ जसले पुरा विश्व नै चकित परेको छ ।

इण्डोनोशियाकी एक महिलाले आफ्नो घर बेच्न लागेकी छिन् । उनले त्यस घर विक्रीका लागि घर किन्दा श्रीमती सित्तैमा भन्ने विज्ञापन गरेकी छिन् । यो सुन्दा सबैको होस उडेको छ । ती महिलाले आफ्नो घर जुन पुरुषले किन्छ आफू उसको श्रीमती बन्ने बताएकी छिन् ।

घर गम्भीर खालका क्रेताहरुको लागि मात्र रहेको र यसमा कुनै सौदाबाजी नहुने विज्ञापनमा उल्लेख गरिएको छ । जाभा द्विपस्थित स्लेम्यानमा रहेको यो घरको मूल्य ९ करोड ९९ लाख इण्डोनेसियन रुपैयाँ अर्थात् झण्डै ७५ हजार अमेरिकी डलर तोकिएको छ ।