१७ असार
काठमान्डौ , एउटी आमाको लागि जन्म दिने सन्तान भन्दा प्यारो को नै हुन् सक्छ र ! डाडापरी डुब्न लागेको घाम जस्तै जिन्दगीको अन्तिम पलमा आफ्नै सन्तानको काखमा प्राण त्याग्ने जो कोहि को अन्तिम इच्छा हुन्छा नै । सायद कुनै आमाले सोच्दैनन  होला आफ्नै सन्तानको आखाको तारो बनिएला भनेर !तर भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका–७, खरिपाटीमा छोरीको डेरामा बस्दै आएकी सिन्धुपाल्चोकको बोडेगाउँकी ६० वर्षीया सावित्री भटराईलाई यस्तै नियति भोग्नु पर्यो । पर पुरुष संगको अनैतिक सम्बन्दको कारण आफुलाई जन्म दिने आमाको निर्मम हत्या गर्न लाखौ खर्च समेत गर्न तयार भइन आफ्नै छोरी ।

मंगलबार भएको सावित्रीको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नौसाद, भारतका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारतकै २४ वर्षीय मोहम्मद रहिश र मृ*तककी छोरी २७ वर्षीय ईश्वरी भट्टराई रहेका छन् । मृतककी छोरी ईश्वरी भट्टराई र मोहम्मद नौसादबीचको सम्बन्धको बारेमा साबित्रीले थाहा पाएपछि कुरा बाहिर आउछ भन्ने डरले उनकाे हत्या गरिएकाे प्रहरीले जनाइको छ । आमालाई मार्न भनी ईश्वरीले १२ लाख रुपैयाँ दिई भारतबाट मोहम्मद रहिश र भोला कुमारलाई बोलाएकी थिइन् । साबित्रीलाई बिहान ११ बजेतिर मोटरसाइकलमा आएका दुई हतियारधारीले घाँटी रेटी हत्या गरेर भागेका थिए ।