१६ असार
पर्वत । पर्वत जिल्लाको सदरमूकाम कूश्मामा अवस्थित राष्ट्रिय वालशिक्षा आवासिय अंग्रजी वोर्डिङ स्कूलले एसईईमा पास भएका विद्यार्थी हरुका लागी वधाई तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कूश्मा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष चित्रकला शर्मा भारतीले संस्थागत विद्यालयमा पूरानो यस वोर्डिङले प्राप्त गरेको सफलताको उच्च प्रशंसा गर्नु भयो ।

उच्च ग्रेडिङ सहित सफलता पा्राप्त गर्ने विद्यार्थीलाई वधाई दिदै उच् शैक्षिक सफलताका लागी शूभकामना दिनूभयो । राम्रो नतिजा हासील गर्ने विद्यालय भएर पनि प्रचारप्रसारमा कमै आउने यस वोर्डिङ भएका कारण पनि उस्ले प्राप्त गरेका उपलव्धि सवैलाई जानकारी नभएको धारणा राख्नू भयो । वडाको तर्फवाट शैक्षिक सूधारका लागी गर्नुपर्ने सहयोग गर्न तत्पर रहेको वताउनू भयो ।
कार्यक्रममा अभिभावक तथा समितिका पदाधिकारहिरुले वधाई तथा शूभकामना व्यक्तगर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र प्रसाद शर्माको अध्यक्षतामा संपन्न कार्यक्रममा स्वागत शिक्षक प्रकाश आचार्य,धन्यवाद अच्यूत तिवारी र कार्यक्रम संचालन शिक्षीका मिना खड्काले गर्नु भएको थियो ।
एसईई २०७५ मा २२ जना विद्यार्थी मध्ये ११ जनाले ए पलस,८ जनो ए र ३ जनाले वि पलस ल्याएका थिए । जस मध्ये १ जना धौलागिरी तेश्रोहून सफल भएका छन् ।