१५ असार
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको काम गर्ने गलत शैलीका कारण संघीयता प्रति जनतामा निराशा बढेको बताएका छन । उनले जनतामा आएको निराशाका कारण संघीयता खारेजीको बाटोमा जान लागेको प्रति चिन्ता समेत व्यक्त व्यक्त गरे । सत्तापक्ष बेलैमा सचेत नभए मुलुकको शासन व्यवस्था नै खतरामा पर्ने उनको आशंका छ ।
आइतबार आफ्नो निवासमा भएको पत्रकाहरुसँगको भेटमा सिटौलाले छोटो समयमा नै संघीयता प्रति जनताको निराशा बढेको भन्दै केन्द्र सरकार र प्रदेश सरकारलाई सचेत रहन समेत आग्रह समेत गरे । ‘संघीयता आएको एक डेढ वर्ष मात्रै भयो, संघीयताप्रति जनतामा निराशा बढ्न थाल्यो,’ सिटौलाले भने, ‘जनता प्रति निराशा बढे कसरी व्यवस्था बलियो हुन्छ, कसरी सरकार बलियो हुन्छ ?, केन्द्र सरकार र प्रदेश सरकार गम्भीर बनोस । प्रदेश सरकारको काम कारवाहीका कारण जनतामा प्रदेश सरकार नभए पनि हुन्छ भन्ने भावना आउन थालेको भन्दै उनले प्रदेश सरकार समेत जनता प्रति बढी भन्दा बढी जिम्मेवार बन्नु पर्ने बताए ।
उनले राजा चाहिन्छ भन्ने नाममा उग्र दक्षिणपन्थी र विप्लवका नाममा उग्रवामपन्थीहरु दिनप्रतिदिन सक्रिय भएको समेत विश्लेषण गरे । सिटौलाले परिवर्तनका वाहक दलहरुले संविधाननको मौलिक पक्षलाई बलियो बनाउने तर्फ आवाज समेत नउठाएकोमा आश्चर्य व्यक्त गरे । सिटौलाले केन्द्रिय कार्यसमितिको म्याद अन्तिम अन्तिममा पुगेको अवस्थामा पार्टी नेतृत्वले महाधिवेशन गर्ने लक्ष्य नै लिएको भए तत्कालै कार्यतालिका ल्याउन समेत आग्रह गरे ।
लोकतन्त्रका लागि लड्ने र अरुलाई लोकतान्त्रिक अभ्यास सिकाउने दलले नै आफूले लोकतन्त्रको अभ्यास नमाने अरुलाई सिकाउनुको कुनै अर्थ नहुने सिटौलाले बताएका हुन । उनले पार्टीको केन्द्र र जिल्ला बाहेकको संघीय संरचना नभएका कारण निर्वाचन पछिको कांग्रेस झन कमजोर भएको समेत बताए । पोखरामा सम्पन्न तरुण दलको महाधिवेशनबाट कांग्रेसका भातृ संगठनहरु समेत लथालिंग स्थितिमा पुगेको उनको भनाइ छ









