१४ असार

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला वन कार्यालय पर्वतको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको परिषरमा भएको वृक्षारोपणमा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलले शुभारम्भ गर्नु भयो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल,जिल्ला स्थित सूरक्षा निकायका प्रमूखहरु र जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


अमला,तेजपत्ता,धुपी, सल्ला, श्रीखण्ड,लिची, आँप लगायतका १ सय ६० वटा बिरुवाहरु रोपण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी गराउनू भयो ।