१३ असार
डेनमार्कका २५ औ प्रधानमन्त्री लार्स लोकी रास्मोशेनको एक तस्बिर अहिले सामाजिक संजाल मा भाइरल बनेको छ। प्रधानमन्त्री लार्स लोकी रास्मोशेनले आफ्नो ४ बर्षे कार्यकालको समाप्ती पछि एउटा सामान्य झोला मात्र बोकेर निवासबाट बाहिरिएका उनको तस्बिर फेसबुक पेजमा पोस्ट गरेको थियो। उक्त तस्बिरमा आफुलाई प्रधानमन्त्री बन्ने अवसर दिएकोमा सबैलाई धन्यबाद भन्दै लेखेका छन्।
यतिको बिकसित देशको प्रधानमन्त्रीले आफ्नो ४ बर्षे कार्यकाल समाप्ति पछि साधारण एउटा झोला मात्र बोकेर निवास छोडेको तस्बिरले धेरैको ध्यान तानेको छ। आफु देशको प्रधानमन्त्री हुनु निकै भाग्यको कुरा भएको बताउँदै पुर्वप्रधानमन्त्री लार्सले ४ वर्षसम्मका सहयात्री र सहयोगीहरुलाई धन्यवाद दिएका छन्। सामाजिक संजालमा उनले राखेको तस्वीर केही समयमै भाइरल बनेको छ ।
प्रधानमन्त्री जस्तो पदबाट बाहिरिदा निकै सरल तरिकाले सुरक्षाकर्मी र कुनै तामझाम बिना नै सामन्य व्यक्ति सरह निवासबाट बाहिरिएको भन्दै चौतर्फी चर्चा भएको छ । डेनमार्कका लागि २५ औँ प्रधानमन्त्री लार्सको कार्यकाल सक्किएपछि नयाँ प्रधानमन्त्रीको रुपमा मेट फ्रेडरिकसन २६ औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।









