१३ असार
पर्वत र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिक्षक, अभिभावक र बिद्यार्थीको संयुक्त प्रयासबाट मात्रै शिक्षा क्षेत्रमा सुधार संभब भएको वताउनू भयो ।
कुस्मा नगरपालिका वडा नं ११ स्थित स्यानीपोखरी आधारभूत बिद्यालयको नवनिर्मीत भवनको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले शिक्षा क्षेत्रमा सुधारका लागि शिक्षक, अभिभावक र बिद्यार्थीहरु नै लाग्नुपर्ने बताउनुभएको हो ।
‘बिद्यालय र शैक्षिक गुणस्तर सुधार गर्न कुनै एउटा पक्ष मात्रै सबल भएर हुँदैन’ उहाँले भन्नुभयो ‘शिक्षक, बिद्यार्थी र अभिभावकको संयुक्त प्रयासबाट मात्रै यो संभब छ’ नेपालमा सामुदायिक बिद्यालयहरुको शैक्षिक अबस्था दिनप्रतिदिन खस्कदै गएको तर्फ सबै चिन्तित रहेको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले बिद्यालयको भौतिक पुर्वाधार, कक्षा कोठामा शिक्षण सिकाईको वातावरण र घर परिवारमा समेत अनुकुल वातावरण बनाउन आग्रह गर्नुभयो ।
उहाँले राज्यले शिक्षामा गरेको लगानी अनुसार प्रतिफल पाउन नसकेको र उत्पादित जनशक्ति बिदेशीने अबस्था अन्त्य गर्न प्राबिधीक र ब्यबसायिक शिक्षामा जोड दिनुपर्ने वताउनू भयो ।
फरक प्रसंगमा बोल्दै अध्यक्ष तिमिल्सिनाले बिकास निर्माणका सबै कामहरुको प्रतिफल लिन सक्ने गरि जनताले ब्यबसायिक उत्पादनमा लाग्न आग्रह पनि गर्नुभयो । राज्यले पुर्वाधार बिकासका ठुलो खर्च गरिरहेको तर त्यसको प्रतिफल लिनसक्ने गरि जनताले पनि ब्यबसायिक कामको शुरुवात गर्न ढिलाई गर्न नहुने धारणा उहाँको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले पुर्बाधार निर्माणले मात्रै शैक्षिक अबस्थामा सुधार आउन नसक्ने बताउँदै शैक्षिक वातावरण बनाउने तर्फ सबै जना सचेत हुन आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, नेकपा पर्वतका सचिब सुदिप कुवँर, जिल्ला बिकास समिति पर्वतका पुर्ब उपसभापति राम शर्मा पौडेल, नेकपाका जिल्ला सदस्य भिमबहादुर नेपाली, कूश्मा नगरपालिका वडा नं. ११ का अध्यक्ष शिव शर्मा पौडेल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
भूकम्पले भवन भत्किएपछि खुल्ला आकाश र टहरामा बिद्यार्थी पढाउँदै आएको स्यानीपोखरी प्राबिमा बृटिस वेलफेयर ट्रष्टको सहयोगमा ३ कोठा र राष्ट्रिय पुननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई( शिक्षा )को सहयोगमा २ कोठे भवन निर्माण भएका छन ।









