१२ असार
पर्वत । पर्वत जिल्ला अस्पताल पर्वतमा सञ्चालनमा रहेको पोषण पुनः स्थापना गृह विपन्नको सहारा बनेको छ । पोषण पुन ः स्थापना गृहमा पोष्टिक आहार कम भएका बालकालिकाका लागि राम्रो आहार परिवर्तनका लागी राम्रो अभ्यास स्थल बनेको छ । वि सं २०६७ सालमा स्थापना भएको पोषण पुनः स्थापना गृहमा पोषण कम भएका बच्चा तथा आमाहरुलाई पोषणगृहमा राखेर पोषकयुक्त खाना वनाउने अभ्यास तथा खाना वनाएर खुवाउने गरिन्छ । पोषण कम भएका बच्चाको तौल कम हुने,उमेर अनूसार उचाई नवढ्ने र शरिरका अन्य मांसपेशीहरुको पनि विकास कम हुने भएकाले चिकित्सकले पोषण पुनःस्थापना गृहमा पठाउने गर्छन् ।
निम्न आर्थिकस्तर र कुपोषण भएका ५ वर्षमुनिका बालबालिकालाई पोषण केन्द्रमा भर्ना लिइन्छ । कुश्मा नगरपालिका स्वास्थ्य संयोजक उमाकान्त सापकोटाका अनुसार यहाँ बालबालिका ल्याउने आमालाई पोषणको विषयमा जानकारीसमेत गराउने गरिएको छ । पुनःस्थापना केन्द्रमा आर्थिक बर्ष २०७५÷७६ मा ६२ जना बालबालिकाले पोषकयुक्त खाना खाईसकेका छन् । बच्चासँगै आमालाई पनि गृहमा नै राखेर खाने बस्ने व्यवस्था गरिएको छ ।

७ जना बच्चा तथा आमालाई राख्न सक्ने क्षमता पोषण गृहको रहेको छ । गत बर्ष १९ जना बालबालिकाले पोषकयुक्त खाना खुवाएको जिल्ला अस्पतालले जनाएको छ । सामान्यतया १५ दिनमात्रै राख्ने नियम छ । तर अत्यन्त कमजोर शारीरिक अवस्था भएकाहरु तीन÷चार महिनासम्म पनि बसेका छन् । पछिल्लो समयमा जिल्ला अस्पतालले पोषण पुनः स्थापना गृहको व्यवस्थापन सँगै सुधारत्मक कार्यको थालनी गरेसँगै गृहमा बालबालिको कम तौल भएका बालबालिकाहरुको ह्वतै चाप बढेको छ । यस आर्थिक वर्षका लागी २२ लाख ५० हजार वजेट रहेको उक्त अवसरमा जानकारी गराईएको थियो ।
आज जिल्ला स्वास्थ्य कार्यालयमा कुपोषण व्यवस्थापनका लागि जिल्ला अस्पतालमा सञ्चालित पोषण पुनस्थापना गृहको वारेमा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा पोषण पुनः स्थापना गृह सँगै पर्वत जिल्लामा कुपोषण बालबालिकाको अवस्थामा व्यापक छलफल गरिएको थियो । सो अवसरमा बोल्दै जिल्ला अस्पताल पर्वतकी निमित्त प्रमुख डा सन्तोषी थपयालीले जिल्ला अस्पतालको भौतिक तथा व्यवस्थापकिय पक्षमा सुधार आएको बताउनु भयो । उहाँले विगतका तुलनामा अस्पतालवाट दिईने सेवा प्रवाहरुलाई थप प्रभावकारी बनाउँदै लैजाने दावी गनुभयो ।

कार्यक्रममा जिल्ला अस्पताल पर्वतका अध्यक्ष गोविन्द पहाडीले अस्पताल सेवा प्रभावमा सुधार आएको बताउँदै सत्यतथ्यमा रहेर समाचार लेख्न पत्रकारलाई आग्रह गर्नुभयो । उहांले पर्वत जिल्ला अस्पताल १५ शैयाको स्वीकृत प्राप्त भएतापनि विषेशज्ञ सेवा सहितको सुविधा विरामीहरुले अपेक्षा गर्ने भएकाले पनि चाहे जति सेवा प्रदान गर्न नसकिएको वताउनू भयो । पर्वत जिल्ला अस्पतालमा ५० शैयाको सेवा संचालनका लागी भौतिक संरचनाहरु निर्माणको अवस्थामा रहेको जानकारी गराउदै विगतमा भन्दा धेरै सुधार भएको उहांको दावी रहेको छ । स्वीकृत दरवन्दीमा विषेशज्ञ सहितको व्यवस्था भएता पनि उक्त कोटा फूलफिल नभएकाले करारमा भर्ना गरेर कार्य अगाडी वढाएको वताईएको थियो ।


अन्तरकृया कार्यक्रममा पत्रकार वैगुण्ठ गिरी,गणेश पौडेल,गणेश वहादूर क्षेत्री,महेन्द्र जिसी,साजन परियार लगायतले विगतमा भन्दा अस्पतालमा सूधार भएता पनि रिफर सेन्टरको रुपमा वूभने गरेकाले संभव भए सम्म यहि सेवा प्राप्त गर्ने वातावरणको सृजना गर्न आग्रह गरे ।
मुख्य गरि प्रसुति सेवा लिन आउनेका लागी कहिले पानी नभएको कारण देखाएर फर्काउने,त कहिले समय पूगेको गर्भवतीलाई सुत्केरीका लागी भर्ना नगर्ने कारणले समस्या देखिएकाले त्यस्ता कूराहरु आन्तरीक स्टाफहरु संग राम्रो समन्वय गरि व्यवस्थापन गर्नुपर्ने मा जोड दिएका थिए ।
कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षता,स्वागत कूश्मा नगरका स्वास्थ्य संयोजक उमाकान्त सापकोटा र संचालन सिनियर अ हे व यम प्रसाद शर्माले गर्नु भएको थियो । पर्वत जिल्ला अस्पतालमा भएका गतिविधि, प्रगति र समस्याको वारेमा निमित्त प्रमूख डा संन्तोषी थपलियाले जानकारी गराउनू भएको थियो ।