८ असार
पर्वत । रोटरी क्लव अफ पर्वतले एम्वूलेन्स सेवा शूरु गरेको छ । मानविय सेवामा कृयाशिल विश्वकै सवै भन्दा पूरानो रोटरी ईन्टरनेशनल अन्तरगत पर्वत जिल्लामा सन् २०१० मा स्थापित रोटरी क्लवले विभिन्न मानविय सेवाका कार्यक्रम संचालन गर्ने क्रममा एम्वूलेन्स सेवा संचालन गरेको छ । विगत वर्ष देखि एम्वूलेसन संचालनका लागी सहयोग उठाउदै आएको थियो । कहिले च्यारीटी शो संचालन गर्ने त कहिले अन्य रोटरियन साथी हरु संग सहयोग माग्ने गरेर उक्त एम्वूलेन्स खरिद गर्न सफल भएको हो ।
रोटरी ईन्टरनेशनलका तुलसीमहर्जनले २ लाख नगद सहयोग गरे पछि शुरु भएको यात्रा,रोटरी क्लवका ४५ जना सदस्यहरुको सहयोग, रोटरी क्लवका संस्थापक अध्यक्ष विश्व प्रकास प्रसाई,पूर्व अध्यक्षहरु गोपी अधिकारी,शिव शर्मा पौडेल,प्रेम प्रसाद पौडेल,गणेश वहादूर क्षेत्री,विप्लव हमाल र वर्तमान अध्यक्ष सावित्रिी खत्रीक्षेत्री लगायतको सहयोग तथा सकृयतामा उक्त सेवा संचालन गर्न सफल भएको हो ।
नेष्डो नेपाल र अमर टिका फाउण्डेशनले कूल लागतको झण्डै ५० प्रतिशत लगानी रहेको छ । नेष्डो नेपाल र अमरटिका फाउण्डेशनले उक्त एम्वूलेन्स संचालनमा महत्वपूर्ण भूमिका खेलेको छ ।
हिजो नेष्डो नेपालको २५ औ रजत जयन्तिको अवसरमा रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकास प्रसाई,वर्तमान अध्यक्ष सावित्रीखत्री क्षेत्री,पूर्वअध्यक्षहरु लगायत रोटरी क्लवका आगामी अध्यक्ष लेखनाथ शर्मा र सचिव कृष्ण प्रसाद शर्माले संयूक्तरुपमा एम्वूलेन्सको शूभारम्भ गर्नु भएको थियो ।
पर्वत र छिमेकी जिल्लाका विरामीहरुलाई शूलभ शूल्कमा विशेषगरि विपन्न वर्गलाई केहि छूट गरि उक्त एम्वूलेन्स सेवा संचालन गर्ने वर्तमान अध्यक्ष सावित्रीखत्री क्षेत्रीले वताउनू भयो ।
रोटरी क्लव अफ पर्वत विगत देखि मानविय सेवामा कृयाशिल रहदै आएको छ । विगतमा माटेदेवल मावि मूडिकूवामा ईलाईव्रेरी संचालन,वालमन्दिर प्रावि कूश्मामा ईलाईव्रेरी संचालन,जनकमावि थूममा कम्प्यूटर वितरण,हिमालय मावि खुर्कोटमा कम्प्यूटर वितरण, विभिन्न विद्यालयमा छात्रा शौचालय निर्माण,विभिन्न विपदमा खाद्यन्न तथा लत्ताकपडा सहयोग गरेको छ , २०७२ सालको भूकम्पमा तत्कालिन नाग्लिवाड गाविसका सवै भुकम्प पिडितलाई खाद्यन्न र कपडा सहयोग गरेको थियो ।
पर्वत जिल्लामा अवस्थित नागरिक समाज संग हातेमालो गर्दै मानविय सेवामा रोटरी क्लव कृयाशिल रहेको छ ।