४ असार
सजाय काटदा काटदै जेलमा माया प्रेम बस्याे ! कारागाभित्रै भयो बिवाह ! ओखलढुगां ओखलढुंगाको कारागाभित्रै एक जोडि बैबाहिक बन्धनमा बाँधिए। ०६४ सालदेखी कारागारमा जेल जिवन विताइरहेका प्रकाश कट्वाल र गणतन्त्र दिवसका दिन जेलबाट छुटेकी धनुका कार्की बैवाहिक बन्धनमा बाधिएका थिए ।
कर्तव्य ज्यानमुद्दामा ०६३ सालदेखी सजाय काटीरहेकी कार्की गणतन्त्र दिवसमा ४० प्रतिशत सजाय मिनाहा भएपछि छुटेर जेल जीवन विताइरहेका प्रकाश कट्वालसँग कारागारमै औपचारिक विवाह गरेका थिए । विवाहमा केटा र केटी पक्षका अभिभावक, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाह , सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल र जेलर जानुका न्यौपानेको उपस्थितिमा विवाह गरेका थिए ।
दुवै जना जेलमा रहँदै ०६६ सालदेखी प्रेम गरेको र आफ्नो प्रेम सफल भएको बेहुली धनुका कार्कीले बताउनुभयो । जेलबाट छुटेपछि सामाजिक रुपमा अपहेलित हुनु नपरोस भनेर आफुले जेलमै रहेका केटासँग प्रेम गरेर विवाह गरेको दावी गर्नुभयो । बेहुला प्रकाश कट्वालको जवरजस्ती करणीको मुद्दामा अझै दुई वर्ष सजाय भुक्तान गर्न बाँकी रहेको थियो ।
दुवै जना कारागार आएपछि प्रेममा परेको प्रकाशले बताएका थिए । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहले विश्वव्यापी रुपमा खुल्ला कारागारका, अवधारण प्रयोगमा आउन थालिसकेकाले कारागारमै विवाह गरेकाले आफु खुसी रहेको बताउनु भएको थियो ।









