३ असार
पर्वत । पर्वत जिल्लामा सरुवा भई आउनू भएका नव आगन्तुक प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य सघ पर्वतले स्वागत तथा परिचयात्मक कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रमूख जिल्ला अधिकारी घिमिरेले शान्ति सूरक्षा,अमन चयन कायम गर्नका लागी उद्योगी व्यवसायी सग मिलेर कार्य गर्ने वताउनू भयो । विगतमा जसरी सहयोग र साझेदारी भएको छ त्यसै गरि अगाडी वढ्ने वताउनू भयो । देश संघियतामा गएकाले त्यहि अनूकूल परिवर्तन भई सेवा प्रवाह गर्ने वताउनू भयो ।

विकासका काम र सेवा प्रवाहका वारेमा कर्मचारीवाट छिटोछरितो कार्य गर्न उत्प्रेरणा गर्ने वताउनू भयो ।  पर्वत जिल्लाको उद्योग र व्यपारको वारेमा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले जानकारी गराउनू भएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य सघ पर्वतका पूर्व अध्यक्ष भरत श्रेष्ठलाई एनआरएनए को अमेरीका म्यारील्याण्ड च्याप्टरको वोर्ड अफ डाईरेक्टरमा निर्वाचित भएकोमा वधाई ज्ञापन गरिएको थियो । त्यसै गरि सेनानी वाट पदोन्नती हूनूभएका प्रमूख सेनानी शिवहरी केसीलाई वधाई र व्यवसायीक भ्रमणमा रशिया जान लाग्नू भएका उद्योग वाणिज्य संघका सदस्य राजन कूमार जोशीलाई शुभकामना सहित विदाई गरिएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भरत श्रेष्ठ,कूश्मा नगरपालिकाका प्रशासकिय अधिकृत हरी पंगेनी, केवल जंग गूल्मका गूल्मपति प्रमूख सेनानी शिवहरी केसी,जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्यामू अर्याल लगायतले आपनो धारणा राख्नू भएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले गर्नु भएको थियो । कार्यक्रमको संचालन महासचिव गणेश लामिछानेले र धन्यवाद मन्तव्य वरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले राख्नूभएको थियो । स्वागत तथा अन्तरकृया कार्यक्रममा उद्योगी व्यवसायी,नागरिक समाज,संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।