२ असार
पर्वत । पर्वत जिल्लाको शिवालय माध्यामिक द्यिालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुका लागी नागासाकी भद्र सरस्वती अक्षयकोषले १४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । २०७२ सालमा रु ७ लाखको अक्षयकोष स्थापना भएको थियो ।

उक्त अक्षयकोषको व्याज वाट छात्रवृत्ति वितरण गरिएको हो । शिवालय माध्यामिक विद्यालयका पूर्व विद्यार्थी उषा भण्डारीले स्थापना गरेको अक्षयकोषले हरेक वर्ष छात्रवृत्ति वितरण गर्ने गरको छ । उषा भण्डारी हाल वैदेशिक रोजगारको शिलशिलामा जापान रहेकाी छन् ।

विद्यालयमा भएको उक्त कार्यक्रममा संरक्षक सरस्वती भण्डारीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको शैक्षिक उपलव्धिमा थप टेवा पूग्नेमा विस्वास व्यक्त गर्नु भयो ।

प्रधानध्यापक भूपेन्द्र चापागाईले अक्षयकोष वाट सहयोग गर्ने पूर्व विद्यार्थी उषालाई धन्यवाद दिनूभयो । कार्यक्रमको संचालन शिक्षक लेखनाथ शर्माले गर्नु भएको थियो ।