२ असार
पर्वत । कूश्मा नगरपालिका वडा नं ४ मा अवस्थित गायत्री आमा समूहको भवनमा सत्सग शूरु भएको छ । हिजो उक्त कार्यक्रमको शूभारम्भ कूश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले गर्नु भयो । सत्सग कार्यक्रमको शूभारम्भ गर्दै जोशीले यस्ता आध्यात्मिक कार्यले मानिसकाो मन शूद्ध वनाई आनन्द प्राप्त हूने वताउनूभयो । सकरात्मक परिवर्तनका लागी सत्सगले ठूलो टेवा पु-याउने भएकाले सवैले समय मिलाएर उक्त सत्सगमा भाग लिन आग्रह गर्नुभयो ।

कुश्मा नगरका अन्य स्थानहरुमा पनि यस्ता सत्सग स्थापना गर्नुपर्नेमा जोड दिनू भयो । सत्सग नियमित संचलनका लागी कुश्मा नगरको तर्फ देखि गर्नुपर्ने सहयोगमा कूनै कमी नगर्ने प्रतिवद्धता जनाउनू भयो ।

सत्सग प्रत्येक शनिवार विहान ७ वजे वाट शूरु गर्ने  आयोजकले जनाएका छन् । कार्यक्रममा सत्सङ संचानका लागी श्री राधा माधव समिति नेपालले सहयोग गर्ने भएको छ । उक्त समितिको जिल्ला शाखाको रुपमा पर्वतमा सत्सग शुरु भएको हो । कार्यक्रममा राधा माधव समितिका केन्द्रिय संरक्षक संगिता दिदिले आराधाना सहित कार्यक्रमको वारेमा प्रष्ट पार्नुभएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता श्री राधा माधव समितिका जिल्ला अध्यक्ष ईन्द्रमान खत्रीको अध्यक्षता,स्वागत रिता केसी भण्डारीले र संचालन वाग्लुङका सचिव दिपक कडेलले गर्नु भएको थियो । उक्त अवसरमा कुश्मा स्थित भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।