३२ जेठ
पर्वत । कुश्मा नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम शूरु गरेको छ । हिजो कुश्मा नगरपालिकामा स्वरोजगार फाराम भरेका व्यक्तिहरुलाई छनौट गरि उक्त कार्यक्रम संचालन गरेको हो ।
कार्यक्रमको शुभराम्भ गर्दै कूश्मा नगरका प्रमूख रामचन्द्र जोशीले विपन्न र वेरोजगार सदस्यहरुका लागी सरकारले कम्तिमा वर्षमा १०० दिन कममा लगाएर भए पनि जिवन निर्वाह गर्ने कार्यको शुरुआत गरेको वताउनू भयो । उक्त अवसरमा वोल्दै नगर प्रमूख जोशीले श्रमको सवैले इज्यत गर्नुपर्ने काम ठूलो सानो नहुने भएकाले सवैले आफूले लिएको जिम्मेवारी ईमानदारीका साथ पूरा गर्नुपर्ने वताउनू भयो । कुश्मा नगरको विकासका लागी स्वरोजगार कार्यक्रमले थप टेवा पूग्नेमा विस्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा कूश्मा नगरका उप प्रमूख सीता काप्लेलामिछानेले विपन्न,दलित महिला सवैलाई स्वरोजगार कार्यक्रमले फाईदा पू-याउने र आप-नो क्षेत्रको विकास कार्यमा आफै योगदान गर्न पाईने भएको वताउनू भयो ।


कार्यक्रममा कुश्मा नगरका प्रमूख प्रशासकिय अधिकृत हरी पंगेनीले यस वर्ष ३० दिन काममा लगाउने र आगामी वर्ष कम्तिमा १०० दिन काममा लगाउने वताउनू भयो । दैनिक ६१७ का दरले रकम प्राप्त गर्ने वताउदै १ महिनामा १८ हजार ५ सय १० रुपैया पाउने जानकारी गराउनू भयो । आगामी वर्ष कार्यक्रमलाई व्यवस्थित तरिकाले संचालन गर्ने र यस वर्ष पूर्वाधार निर्माण,सडक मर्मत,सरसफाई लगायतका कार्य गरिने जानकारी गराउनू भयो । कार्यक्रममा कूश्मा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सूवास पौडेल लगायतले शुभकामना मन्तव्य राख्नू भएको थियो ।


स्वरोजगार फाराम भरेका निवेदकहरु मध्ये वाट १४९ जनालाई छनौट गरिएको छ । कूश्मा नगरका १४ वडा मध्ये वाट कम्तिमा प्रति वडा ७ जना देखी १४ जना सम्म छनौट गरिएको छ । यस वर्ष संघिय सरकार वाट ३० लाख वजेट संझौता भएको कुश्मा नगरका लेखा अधिकृत कमलराज पौडेलले जानकारी दिनू भयो ।

कुश्मा नगरका प्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कूश्मा नगरका सामाजिक शाखाका टेक वहादूर परियारले गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु,शाखा प्रमुख र स्वरोजगार कार्यक्रमका सहभागीहरुको उपस्थिति रहेको थियो ।