३२ जेठ

दिपसागर पौडेल, पर्बत बन्यजन्तु संरक्षणका लागि पोखरी निर्माण कुश्मा नगरपालिका ७ खरेहा स्थित जिल्लाकै उत्कृष्ट रूपमा रहेको भड्खोरे सामुदायिक बनले विभिन्न बन्यजन्तु जस्तैः बाघ मृग कालिज चराचुरुङ्गी जस्ता बन्यजन्तु जिब जनावरलाई पिउने पानीका लागि पोखरी निर्माण गरिएको छ।

२०७३ सालमा ५० हजार रुपैयाँँ लागतमा निर्माण गरिएको उक्त पोखरिका लागि डिभिजन बन कार्यलय पर्बतले आर्थिक सहयोग गरेको थियोे । बनको बिच मध्यभागको ब्लक नं तिनमा रहेको उक्त पोखरीमा बन्यजन्तुका लागि नियमित पानी सुचारु गर्नका निम्ति अहिले धेरै ठाउँबाट पहल गरिएको भड्खोरे सामुदायिक बनका अध्यक्ष तेज गिरि कान्छाले बताउनुभयो ।

डिभिजन बन कार्यलय पर्बतका प्रमुख अशोक कुमार श्रेष्ठले यसरी बन्यजन्तु संरक्षणका लागि सुबिधा सम्पन्न गरिएको उक्त पोखरी दुर्लभ बन्यजन्तुहरुको पनि बासस्थान हुन सक्ने बताउदै उक्त्त सामुदायिक बनका लागि आफुले कार्यलय बाट सक्दो सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।

२०५० सालमा दर्ता भएको उक्त्त सामुदायिक बनले २०५१ सालमा जिल्लाबाट पहिले बनदेबी नगद पुरस्कार पाँच हजार सहित प्रमाणपत्र प्राप्त गरेको थियो । र हालसम्म आइपुग्दा बनले सम्पुर्ण उपभोक्ताहरुको र संबंधित निकायको ठुलो मन जित्न सफल रहेको अध्यक्षज गिरिले बताउनुभयो