३२ जेठ
पर्वत । नव आगन्तुक प्रजिअलाई नेपाल निजामति कर्मचारी युनियन संघ पर्वतले स्वागत गरेको छ । स्वागत कार्यक्रममा पर्वतका सबै नागरिक र राष्ट्रसेवकहरु आफ्नाप्रति समान रहने र सेवाप्रवाहमा कुनै विभेद नहुने प्रजिअ घिमिरेले प्रष्ट पार्नुभयो । नेपाल निजामति कर्मचारी युनियन संघले हिजो जिल्लामा स्वागत गरेको हो । प्रजिअलाई स्वागत गर्दै नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष शिव शर्मा अधिकारीले जिल्लाको शान्ति, सुशासन र जनमुखी कार्यसम्पादन गर्न सुझाव दिनु थियो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतका कार्यवाहक अध्यक्ष यमप्रसाद शर्माले प्रजिअको पर्वत बसाई सबै पर्वतबासीका लागि स्मरणीय हुने अपेक्षा गर्नुभयो । कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय सदस्यहरु कमल पौडेल र तेजेन्द्र पौडेल, आधिकारीक टे«ड युनियन महासंघका जिल्ला उपाध्यक्ष राम शर्मा लामिछाने, कर्मचारी युनियन संघका निवर्तमान अध्यक्ष धूर्व सूवेदी,कर्मचारी युनियन संघका उपाध्यक्ष लिला गौतम र केन्द्रीय प्रतिनिधि बालकृष्ण शर्मा लगायतको सहभागिता रहेको थियो ।
यसैगरि नेपाल निजामति कर्मचारी युनियन संघ पर्वतले हालैमात्र विभिन्न जिल्लाबाट सरुवा भई पर्वत आउनु भएका नेपाल निजामति कर्मचारी युनियन संघमा आवद्ध व्यक्तिहरुलाई आजै एक कार्यक्रमका बीच स्वागत गरेको छ ।।