२९ जेठ
पर्वत । नेपाली काँग्रेस पर्वतको जागरण अभियान आज कुस्मा १२ ठुलीपोखरीमा सम्पन्न भएको छ ।
उक्त जागरण अभियानमा नेपाल टेड्र युनियन पर्वतका अध्यक्ष सुरेन्द्र के.सी ले नेपाली काँग्रेस जनताको पार्टीे भएको बताएका छन् । के.सी ले हरेक सुख दुखमा जनताको सारथी भएर खडा हुने प्रतिबद्धता जनाए । उनले जनता सुखी बनाउने र नेतालाई जनताको सेवकको रुपमा स्थापित गर्ने दावी गरेका छन् । ‘नेता भनेको जनताको सेवक हो । अव पार्टीले विगतको गल्ती नदोहो¥याउने गरि काम गर्ने वताउनू भयो ।
यस्तै,सो अभियनमा पुगेका नेपाल विद्यार्थी संघका सचिव बरदान पौडेलले आर्थिक सामाजिक रुपमा पछाडी परेका बर्गको उत्थान सधैं नेपाली काँग्रेस लागि परेको बताए । उनले दलित अल्पसंख्यक र गरीव विद्यार्थीलाई उच्च शिक्षा प्रोत्साहन छात्रवृत्ति उपलब्ध गराउने नीतिगत समस्यामा काँग्रेस सधैं जुटेको बताए ।
नेपाली काँग्रेस कुस्मा १२ का सभापती कुमार सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य हेमराज सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने, सञ्चालन सचिव ज्योतिन्द्र पौडेले गरेका थिए । उक्त जागरण अभियानमा ठुलीपोखरी नेपाली काँग्रेसका सवै कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।