२८ जेठ

पर्वत–हड्डीको क्यान्सबाट पिडित यहाँकी एक बालिकाको उपचारका लागि खाडी मुलुकमा रहेका प्रवासीहरुले आर्थिक सहयोग गरेका छन् ।
हाडको क्यान्सरबाट पिडित पर्वतको कुश्मा नगरपालिका वडा नं ८ चुवाकी चौध वर्षिया बालिका सुस्मिता शर्माको उपचारका लागि रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरु संकलन गरेको आर्थिक सहयोग कूश्मा नगरका मेयर रामचन्द्र जोशीले हस्तान्तरण गर्नु भयो । उक्त सहयोग हस्तान्तरण गर्दै जोशीले प्रवासीहरुले ठ्रलो दिलका साथ सहयोग गरेको रकम वालिकाको उपचारमा सहि सदूपयोग गर्न आग्रह गर्नु भयो । उहांले विदेशमा वसेर कमाएको केही अंश स्वदेशमा आर्थिक अभावमा परेकालाई सहयोग गर्ने प्रवासीहरुलाई धन्यवाद दिनू भयो । उक्त सहयोग रकमले वालिकाको स्वास्थ्य लाभमा टेवा पूग्नेमा विस्वास व्यक्त गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा कूश्मा नगरका उप मेयर सीता काप-ले लामीछाने,वडा अध्यक्ष राजकूमार क्षेत्रीको उपस्थिति रहेको थियो । चुवाका कृष्ण गिरी र खुमनाथ पोखरेलको सक्रियतामा संकलन भएको रु १ लाख ११ हजार रुपैया मंगलवार विहान पिडित बालिकाका बाबु राजेन्द्र भुवाँजीलाई हन्तान्तरण गरिएको छ ।
गिरी र पोखरेलले व्यक्तिगत रु १०/१० हजार रुपैया सहयोग गरेका थिए भने अन्य रकम उनिहरुको पहलमा संकलन भएको हो । हड्डीको (बोन) क्यासर रोग लागेपछि विगत तीन महिनादेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेकी सुस्मितालाई ठुलो धनराशि आवश्यक पर्ने भएकाले प्रवासमा रहेका नेपालीहरुबाट उक्त रकम संकलन गरिएको गिरीले जानकारी दिनुभयो । लामो समय पर्वत र पोखराका विभिन्न अस्पतालमा परिक्षण गर्दा पनि रोग पत्ता नलागेपछि अन्तिममा क्यान्सर अस्पतालमा रिफर गरेपछि पत्ता लागेको हो । अहिलेसम्म रु ५ लाख रुपैया भन्दा बढि खर्च भैसकेको सुस्मिताका बाबु राजेन्द्रले गुनासो गर्नुभयो ।