२५ जेठ

पर्वत । जिल्लाको कुश्मानगरपालिकावडा न ७मा जेष्ठनगारिक स्वास्थ्य परामर्श केन्द्रको भवनको निर्माणकार्य शुरु गरिएको छ । एक कार्यक्रमकावीच परामर्श केन्द्रको संघिय सांसद पदमगिरीले भवनको शिल्यान्यास गरेकाछन ।

जेष्ठनागरिक मिलन केन्द्रले निर्माणगर्न लागेको उक्तभवनको सांसद गिरीले औपचारिक कार्यक्रमकावीचशिलान्यास गरेकाहुन । भवनको शिलान्यास कार्यक्रममाबोल्दै सांसद गिरीले जेष्ठनगारिकको सम्मानगर्नु राज्यको दायित्वभएको बताए । अनुभव, ज्ञान र सीपको भण्डार जेष्ठनागरिकसंग हुने भएकाले उनीहरुको सम्मानगर्दै नयाँपिढिले उनीहरुसंगबाटज्ञानआर्जन गर्नुपर्ने धारणा राखे ।
जेष्ठनागरिकहरुद्धारा गठनभएको मिलन केन्द्रले भवन निर्माणकार्यको पहल गरेको थियो । मिलन केन्द्रको पहलमा २ करोड २६ लाख रकमविनियोजन गर्दै सांसद गिरीले भवन निर्माण कार्यको शुभारम्भमा सहयोग गरेका हुन ।

वडाअध्यक्ष सुवास चन्द्र पौडेलले  मिलन केन्द्र मार्फत भवननिर्माण शुरु हुनलागेको जानकारी दिए । उनले भवनमा दिवा सेवा प्रदानहुनेछ । दिउँसोको समयमा कुश्मानगर क्षेत्रका जेष्ठनागरिकले आश्रय लिन सक्नेछन । उक्तआश्रय स्थलमा स्वास्थ्य परिक्षण र परामर्श सेवा समेत प्रदानहुने वडाअध्यक्षपौडेलको भनाई छ ।
भवनको शिलान्यास कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीयअधिकृत हरी पंगेनी, सहयाक प्रमुख जिल्लाअधिकारी छविलाल सुवेदी, वड न ७ कावडाअध्यक्ष सुवासचन्द्र पौडेल, जेष्ठनगारिक मञ्चका जिल्लाअध्यक्ष लोकनाथ आचार्य लगाएतले मन्तब्यब्यक्त गरेका थिए । मिलन केन्द्रकाअध्इक्ष तिर्थराजशर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन चिन्तामणीशर्माले गरेकाथिए ।