२४ जेठ
काठमाडाैं । बिहीबार रातिदेखि नै माैसम खराब भएकाे छ । शुक्रबार एकाबिहानै काठमाडाैं उपत्यका र आसपासमा पनि तीव्र हावाहुरीसहित बर्षा भएको छ । याे समाचार तयार पार्दासम्म काठमाडाैं र आसपासका ठाउँमा हावाहुरीसँगै वर्षा भइहरकाे छ भने आकाशमा डम्म बादल मडारिरहेकै छ ।

काडमाडाैंमा कतैकतै रूखका हाँगाहरू भाँचिएर सडकमा खसेका छन् । राष्ट्रपति निवासपछाडिकाे सडकलगायत क्षेत्रमा रूखका हाँगाहरू सडकमा खस्दा सडकसमेत अवरूद्ध भएकाे छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभरिकाे माैसममा बदली हुनेछ । देशका पूर्वी भूभागमा सामान्य बदली रहने तथा मध्य र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने बताइएकाे छ ।