२२ जेठ
काठमाडौ । स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । झापाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी नगरपालिका २ स्थित धरमपुर चौकमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिम जाँदै गरेको १० प ८१ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेको मे ७ प १६८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा झापा शिवसताक्षी १ बस्ने २७ बर्षीया रञ्जना खनालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उनी स्कुटर चलाएर बाटो काट्दै गरेकी थिइन् । दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा झापाको बिर्तामोड स्थित बी एण्ड सी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए । स्कुटरलाई ठक्कर दिने मोटरसाइकल चालक बिर्तामोड ५ का १७ वर्षीय मौसम पाण्डे सामान्य घाइते भएका छन् ।









