२० जेठ
पर्वत । कूश्मा नगरपालिका वडा नं. ५ ले आर्थिक वर्ष ०७६/०७७ का लागी टोलटोलमा योजना तर्जुमा गोष्ठि गरेको छ । आज कूश्मा नगरपालिका वडा नं. ५ ओमशान्ति टोल स्थित टोल भेला गरेर आ व ०७६/०७७ का लागी योजनाहरु संकलन गरेको छ । आज सम्पन्न टोल भेलामा ६ वटा योजना माग गरेका छन् ।
उक्त योजना तर्जुमा कार्यक्रममा कूश्मा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष चित्रकला शर्मा भारतीले विगत आ व मा सम्पन्न गरेका योजनाहरुको समिक्षा गर्दै आगामी आ व का लागी वडाको ७० लाखको सिलिड पेश गर्नु भएको थियो ।

५० लाख ठूलापूर्वाधारमा खर्च गर्ने र २० लाख साना योजनाका लागी वजेट विनियोजन गर्ने भएकाले त्यस भित्र रहेर योजना माग गर्न अनूरोध गर्नु भएको थियो । उहांले हामी जनताको प्रतिनिधि तपाईहरुले मत दिएर निर्वाचित भएकाले तपाईहरुले नै भने वमोजिमका योजनामा वजेट विनियोजन गर्ने भएकाले सोहिअनूरुप धेरैलाई प्रत्यक्ष फाईदा पूग्ने योजना माग गर्न आग्रह गर्नुभयो । नगरको सिमित श्रोत र साधन भएकाले असिमीत माग र चाहना पूरा गर्न नसक्ने भएता पनि अतिआवश्यक कामहरु पूरा गर्ने र अन्य कामहरुलाई आगामी दिनमा क्रमागत रुपमा पूरा गर्ने वताउनू भयो ।
कार्यक्रममा वडा सदस्यहरु लालकूमारी सि के,उत्तम ढकाल,लक्ष्मी सूनारको उपस्थिति रहेको थियो ।
उक्त छलफल कार्यक्रममा लोकतान्त्रिक गैरसरकारी संस्थामहासंघका जिल्ला अध्यक्ष गणेश वहादूर क्षेत्रीले ठूलापूर्वाधारको लागी नगर र प्रदेशवाट योजना माग गर्नु पर्ने त्यसका लागी वडाको वजेट परिचालन गर्न नहूने धारणा राख्नू भयो । वडाले देखिने र दिगो रुपमा फाईदा पूग्ने योजनाका लागी वजेट विनियोजना गर्न अनूरोध गर्नु भयो । एकता यूवा क्लवका पूर्व अध्यक्ष अच्यूत तिवारी,शान्ति जागरण महिला समूहका अध्यक्ष मिना थापा वानिया लगायतले आपनो धारणा राख्नू भएको थियो ।


उक्त ओमशान्ति टोलका लागी प्राथमिकताको आधारमा पहिलो दोश्रो गर्दै ६ वटा योजना माग गरिएको छ । जस्मा पहिलो नम्वरमा ओमशान्ति सडकको पूनरनिर्माण,सोलार वत्ति ४ वटा,ओमशान्ति पछाडीको वाटो निर्माण पूरा गर्ने ,शान्ति जारगण महिला समूहको क्षमता विकास तथा सामूदायिक भाडा खरिद,पूरुष समूहका लागी धर्मसंस्कृतिकाके संरक्षण गर्न भजनका भांडा खरिद,सीसी क्यामरा जडान लगायतका योजना माग गरेका छन् ।
योजनाहरुका लागी प्राथमिकताको आधारमा वजेट विनियोजन गर्ने वडा अध्यक्ष चित्रकला शर्मा भारतीले प्रतिवद्धता जनाउनू भयो ।
उक्त कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष चित्रकला शर्मा भारतीले गर्नु भएको थियो । कार्यक्रममा स्वागत वडा सदस्य लालकूमारी सी के ले र संचालन वडा सदस्य उत्तम ढकालले गर्नु भएको थियो । उक्त कार्यक्रममा टोलवासी सवैको सहभागिता रहेको थियो ।