१९ जेठ
पर्वत । कूश्मा नगरपालिका वडा नं. ११ मा गत विहिवार आएको असीना पानीले पूयाएको क्षतीको कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले स्थलगत अनूगमन गर्नु भएको छ । कूश्मा नगरपालिका वडा नं. ११ पकूवामा विश्व विजय जोशीले ७२ लाखको लागतमा स्थापना गरेको समृद्धि कृषि तथा पशूपक्षि फर्ममा असीना पानीले ठूलो क्षती पूयाएको स्थलगत निरिक्षणमा देखियो ।


ग्रीनहरी हाउसमा काम गर्नेगरि ईजरायल गएका विश्व विजय जोशी ११ वर्ष ईजरायल वसेर गरेको काम र सीपलाई नेपाल आएर कार्य गर्ने गरि स्थापना गरेका थिए । उनको ग्रनरी हउसमा ९ वटा टनेल र कालिज पालनका लागी ९ रोपनी जग्गा संरक्षण गरि कार्य अगाडी वढाएका छन् ।
९ वटा टनेलमा तरकारी खेती,वोडी,भेन्टा,कांक्रा,खूर्सानी र गोलभेडाले उत्पादन दिएर वजार पु-याउने वेलमा असीना पानीले प्लाष्टिक टनेलमा प्वालपारी दिनाले सवै विग्रेको अनूगमनको क्रममा देखिएको छ । दैनिक २५ हजारको तरकारी वजारमा पुयाउने गरेको संचालक जोशीको भनाई छ तर वजार पुयाउने वेला ठूलो असीना पानीले सखाप पारो कसरी प्लाष्टिक टनेल फेर्ने उनको चिन्ता रहको छ । उहांको फर्ममा ४ जना कामदार रहेका छन् ।


३ लाख ५० हजारको प्लाष्टिक नष्ट भएको नगर प्रमूख रामचन्द्र जोशीलाई संचालक विश्व विजयले वताउनू भयो । वडा नं. ११ का अध्यक्ष शिवशर्मा पौडेलले पकूवा क्षेत्रमा भएका क्षतीको वारेमा नगर प्रमूखलाई स्थलगत अनूगमन गरेर नगर वाट राहात उपलव्ध गराउन अनूरोध गर्नु भएको थियो ।
उक्त क्षेत्रको स्थलगत अनूगमन पछि नगर प्रमूख रामचन्द्र जोशीले नगर कार्यपालिकाको वैठक राखेर सवै क्षेत्र अर्थर,ठूलीपोखरी,कटूवा लगायतका क्षेत्रको क्षतीलाई आंकलन गरी राहात वितरण गर्ने वताउनू भयो ।