१७ जेठ
महाेत्तरी । ज्वाइँले मोटरसाइकल दाइजो नपाउँदा छोरीको हत्या गरेकाे माइती पक्षले आरोप लगाएकाे छ । महोत्तरीको पिपरा गाउँको वडा नम्बर १ की २० वर्षीया विमलादेवी यादवको हत्या  भएकाे हाे । मंगलवार मृत भेटिएकी यादवले आत्महत्या नगरेकाे र त्याे हत्या भएको भन्दै माइतीपक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएका छन् ।

छोरीको विवाहमा ५ लाख रुपैयाँ नगद, २ तोला सुन, ५० तोला चाँदी दिए पनि बेहुला पक्षले असन्तुष्टि जनाउँदै मोटरसाइकल माग गरेको मृतकका बुवा कमलेश यादवले बताए । छोरीलाई तेरो बाउले मोटरसाइकल किन दिएन भन्दै ज्वाइँ र सासुससुराले दैनिक कुटपिट गर्ने गरेका थिए ।’मृतकको शवको पोष्टमार्टम भइसकेको प्रहरीले जनाएको छ । घटना शंकास्पद रहेपनि अनुसन्धान पुरा भएपछि मात्र वास्तविकता खुल्ने र पोष्टमार्टम रिपोर्ट आइसकेपछि थप तथ्य खुल्ने प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताए ।