१५ जेठ
पर्वत । पर्वत जिल्लामा पनि गणतन्त्र दिवश मनाईएको छ । जिल्ला मूल समाहरोह समितिको आयोजनामा मनाईएको गणतन्त्र दिवश प्रभातफेरी र प्रवचन कार्यक्रम गरेर मनाईएको छ । कार्यक्रमका अधिकांश वक्ताहरुले गणतन्त्रले व्यक्तिलाई उच्च पदमा पू-याउने काम गरेको शासन व्यवस्था केहि मात्रमा फेरीएको तर व्यवहार,आचरण नफेरीएकाले जनताले चाहे जति सुविधा लिन नपाएको धारणा राखे । राजतन्त्र नै सवैखाले विभेदको जड हो भन्ने निश्कर्षमा गणतन्त्र ल्याईए पनि त्यो भन्दा वढी जनतालाई निरंकूश तर्फ ढकेलेको अराजकता तर्फ मूलूक जानथालेकोमा चिन्ता व्यक्त गरे ।


कार्यक्रममा नेकपाका प्रतिनिधि भक्त कूवर,मेघनाथ सूवेदीले सरकारले गरेका कामको प्रशंसा गर्दै देशले केहि वर्षमा काचूली फेर्ने धारणा राख्नू भयो । नेपाली कांग्रेसका पार्टी सभापती खिम प्रसाद भूषालले राजतन्त्र फालेर के पी ओलीलाई वादशाह वनाउन गणतन्त्र नल्याएको वताउनू भयो । मिडिया काउन्सिल विधेयक ल्याएर संविधानको पूर्ण प्रेस स्वतन्त्रताको खिल्ली उडाएको,आप-नो पक्षमा फैसला नगर्ने न्यायधिसलाई पदमूक्त गर्न थालेको,मानवअधिकार आयोग लगायतका स्वतन्त्र आयोगहरु महान्यायधिवक्ताको मातहतमा राख्ने कोशिष गरेकाले ओलि सरकारले गणतन्त्रको अभ्यास गलत तरिकाले गर्न लागेको धारणा राख्नू भयो । फरक सन्दर्भमा पूर्ण वहूमतको सरकारलाई राम्रा काम गर्न कस्ले रोकेको छ भन्दै जनतालाई निरंकूश शासन गर्न तर्फ सरकार उदृत भएको भएन भनेर आप-नै संसदिय दलमा समेत छलफल गर्न प्रतिवन्ध लगाएकाले केपि सरकार अधिनायकवाद तर्फ उन्मूख भएकाले त्यसको भण्डाफोर गर्न आग्रह गर्नु भयो ।


कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमूख यम कूमारी राना,जिल्ला न्यायधिस सूर्य थापा,प्रमूख जिल्ला अधिकारी गूरुदत्त ढकाल, साजवादी पार्टीका प्रतिनिधि देवी लामिछाने,पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा,पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष दूर्गा प्रसाद शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।


जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेलको अध्यक्षतामा भएको थियो भने स्वागत कूश्मा नगरका प्रशासकिय अधिकृत हरी पंगेनीले गर्नु भएको थियो । कार्यक्रमको संचालन निमित्त जिल्ला समन्वय अधिकारी कमल पूनले गर्नु भएको थियो ।

प्रभातफेरी पश्चात शहिद गोविन्दनाथ शर्माको शालिकमा माल्यअर्पण गरिएको थियो ।