१४ जेठ
पर्वत । नेपाली कांग्रेसले संचालन गरेको जागरण अभियान आज कूश्मा नगरपालिका वडा न. २ खुर्कोटमा संचालन भएको छ । पाङ,खुर्कोट र दुर्लुङलाई लक्षित गरि संचालन गरेको अभियानमा केन्द्र तथा जिल्लास्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पर्वत जिल्लाको जागरण अभियान लागी खटि आउनू भएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री चिनकाजी श्रेष्ठले केपि सरकारले नेपाली कांग्रेसको नेतृत्वमा जारी गरेको संविधानको खिल्ली उडाउदै विभिन्न ऐन तथा नियमावली निर्माण गरेर अधिनायकवाद तर्फ लागेकाले त्यसलाई वेलैमा सचेत वनाउन जरुरी रहेको वताउनू भयो । वाईडवडी विमान खरिदको भ्रष्टचार,विनाप्रतिस्प्रर्धा वुढिगण्डकीको जिम्मा दिनु,मिडिया काउन्सिल विधेयक ल्याएर प्रेस जगतको मूख थून्ने काम गर्न लागेकाले खवरदारी गर्नुपर्ने धारणा राख्नू भयो ।


देशमा दैनिक जसो वलत्कार,हत्या,हिंसा वढ्दै गएको तर्फ चिन्ता व्यक्त गर्नु भयो । नेपाली कांग्रेस लोकतन्त्रमा विस्वास गर्ने मासवेस पार्टि भएकाले लोकतन्त्रको खिलापमा हूने कूनै पनि निर्णय नमान्ने वताउनू भयो । कांग्रेसका कार्यकर्ताले गाउंगाउं वाट जोगाएको पार्टी भएकाले कहि कतै,टिकट वितरण गर्दा,कसैलाई सेवा सूविधा दिदा कमीकमजोरी भए कार्यकर्ताकै विचमा गएर सच्चाउनका लागी यो जागरण अभियान भएकाले सवैले त्यस तर्फ अवका दिनमा सच्चिएर अगाडी वढ्न आग्रह गर्नु भयो ।
त्यसै गरि नेपाली कांग्रेसका जिल्ला सभापती खिम प्रसाद भूषालले सवै नेता कार्यकता एकढिक्का भएर जनजागरण अभियानमा हिडेकाले पर्वत कांग्रेस एक भएको धारणा राख्नू भयो । पार्टी सभापती एक्लैले केहि गर्न नसक्ने भएकाले त्यसमा सवै नेता कार्यकर्ताले साथ दिएमा आगामी निर्वाचन पर्वतका कांग्रेसको पक्षमा आउने वताउनू भयो । पार्टी भित्र केहि गूनासा छनु भने पार्टीमा नै वसेर छलफल गरेर अगाडी जानसकिने भएकाले पाङको स्थानिय निर्वाचनमा केहि कमजोरी भएकाले जे जसरी त्यस्तो हून गयो त्यहि वाट पाठ सिकेर अगाडी वढ्न सवैलाई आग्रह गर्नु भयो ।


कार्यक्रममा केन्द्रवाट प्राप्त निति विधि र निर्देशनको वारेमा महासमिति सदस्य वसन्त वहादूर सिकेले जानकारी गराउनू भएको थियो । नेपाली कांग्रेस कूश्मा नगर सभापती तथा नगर प्रमूख रामचन्द्र जोशीले नगरले संचालन गरेका कार्यक्रमको वारेमा भए गरेका गूनासा तथा टिप्पणी हरुको वारेमा जिज्ञासा राख्नू भएको थियो । उहांले कांग्रेस ईतिहासकै कमजोर अवस्थामा पूगेकाले सवै मिलेर व्यक्तिगत भन्दा पनि पार्टीगत हितका लागी काम गनूपर्ने वेला आएको वताउनू भयो ।
कार्यक्रममा कूश्मा नगरपालिका वडा न. २ खुर्कोट  निवासी खेमराज रेग्मी ( शिव रेग्मी ) र अम्विका रेग्मी नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनिहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ,पार्टी सभापती खिम प्रसाद भूषाल र कूश्मा नगर सभापती तथा नगर प्रमूख रामचन्द्र जोशीले टिका खादा लगाएर प्रवेश गराएका थिए ।

जिल्ला पार्टी सभापती खिम प्रसाद भूषालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महाधिवेशन प्रतिनिधि तथा कूश्मा नगर उपप्रमूख सीता काप-ले लामिछानेले स्वागत गर्नु भएको थियो । कार्यक्रमको संचालन जिल्ला कार्य समिति सदस्य सरस्वती शर्मा जिज्ञासूले गर्नु भएको थियो ।