११ जेठ
पर्वत । कालिगण्डकी लोकमार्ग अन्तरगत पोखरा वाग्लुङ सडक क्षेत्र अन्तरगत पर्ने कूश्मा नगरपालिका वडा नं. २ अर्मादी सडक खण्डको घुम्तिमा पहरो काट्ने कामले गर्दा दैनिक यात्रूहरु १० वजे विहान देखी ३ वजे सम्मा जाममा फस्ने गरेका छन् । रिठेखोला नजिक घुम्तिमा सडक चक्लावन्दी गर्ने नाममा निर्माण व्यवसायीले आफूलाई चाहिने मेटरियल निकाल्दा यात्रूहरुले दूख पाएका छन् ।
सडकको मापदण्ड अनूरुप उक्त घुम्तिमा आवश्यक पर्ने क्षेत्र यस भन्दा अगाडी नै कटिङगरि पुराएको देखिन्छ । सडकको मापदण्ड डवललेण्डको भएकाले उक्त मापदण्ड पुगेको देखिन्छ । प्रकृतिक रुपमा कूनै अध्ययन नगरि उक्त घुम्तिक्षेत्रको ढुड्गासहितको माटो काट्ने काम दैनिक जसो दुईवटा ईक्साभेटर लगाएर लामा कन्टक्सनले काटेको स्थानिय वताउछन् ।


कुश्मा नगरपालिका वडा नं. २ का स्थानिय वासन्दिाको मूर्दा जलाउन ल्याउने वाटो पनि त्यसै स्थान वाट कालिगण्डकीमा जाने भएकोले उक्त वाटो समेत कटिङ गर्दा भत्काएको स्थानिय शालिक शर्माले वताए । जैविकविविधतालाई नै दख्खल पूग्ने गरि काटिएको उक्त कार्यले प्राकृतिक सन्तुलनलाई त खलवल पू-याएको छ नै त्यो भन्दा वढी पोखरा,वाग्लुङ,म्याग्दी,जोमसोम यात्रा गर्ने यात्रूलाई सास्ती दिएको छ ।


लामा कन्टक्सनले सुचना निकालेर वाटो अवरुद्ध हुने भनेता पनि उस्ले आफूलाई मनलाग्दा या मेटरियल आवश्यक पर्दा मात्र वन्द गर्ने र अन्य दिन सडक खूल्ला हूने भएकाले यात्रूहरु झूकिएका छन । कहिले वन्द नै नहूने र कहिले वन्द हूने भएकाले कूनै सेडूल लागू भएको देखिदैन ।
कूनै पनि निर्माणको काम गर्दा वैकल्पिक यात्रा गर्ने वाटो तयार गरेर मात्र हाईवे जस्तो सडक वन्द गर्नु पर्नेमा त्यसो नगरेको पाईन्छ । निर्माण व्यवसायीले यात्रूलाई मर्का नपर्ने गरि रातको समयमा कटिङगर्नु पर्ने स्थानिय तथा यात्रूहरु वताउने गरेका छन् ।
लामा कन्टक्सनले मनपरि तरिकाले प्रशासनलाई हातमा लिएर जतिवेला पनि कटिङ गरेर यात्रू तथा विरामीहरुलाई सास्ती दिने गरेको छ । प्रशासन प्रहरी सवैलाई साथमा लिई दैनिक जसो यात्रूहरुको मर्का नवुझि एउटा निर्माण व्यवसायीको थप माल निकाल्ने कार्यमा सहयोग गर्नु न्याय संगत नदेखिएको यात्रूहरुले वताएका छन् ।
त्यस भन्दा अन्य स्थानहरु चूवाको भिर,डिमूवाको महभिर लायतका स्थानमा चक्लावन्दि गर्दा पनि रातीको समयमा वा यात्रूहरुलाई मर्का नपर्ने गरि कार्य अगाडी वढाउदा राम्रो हूने यात्रूहरुको माग छ । सम्वन्धित निकाय यस कार्यमा मौन वसेको देखिएको छ ।